सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

२०८२ असोज २७, १२:०७ रासस

काठमाडौँः स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला तीन हजार २२० मा खरिदबिक्री हुनेछ।

हिजो आइतबार सुन प्रतितोला दुई लाख ३८ हजार र चाँदी प्रतितोला तीन हजार एक सय २५ मा किनबेच भएको थियो। अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ।

कमेन्ट लोड गर्नुस