सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक र युवती पक्राउ

२०८२ असोज २३, ०८:२४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक र युवती पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकी स्थित भारतबाट नेपाल आउने क्रममा बेदकोट नगरपालिका–२ बस्ने १९ वर्षकी पुष्पा जोशी र २२ वर्षीय सुरज बिष्टलाई प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको छ।

उनीहरुको साथबाट ३ ग्राम ७३० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित दुबैजनालाई लागु औषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। यी दुबै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस