सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला प्रशासन कार्यालय कैलालीबाट राष्ट्रिय परिचय पत्र वितरणको सेवा सुचारु

२०८२ असोज २२, ०२:०० खबर संवाददाता

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु गरेको छ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि सबै प्रकारका सेवा ठप्प रहेको जिल्ला प्रशासन कार्यालयले बुधवारदेखि परिचयपत्र सम्बन्धी सेवा सञ्चालनमा ल्याएको हो।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले मङ्गलवार परीक्षणका रूपमा थालिएको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बुधवारदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको बताए।

दसैँ लगत्तै सेवा सञ्चालन गर्ने पूर्व तयारी अनुसार नै काम अघि बढाइएको जोशीले बताए। अब राहदानी सम्बन्धी सेवा समेत सुचारु गर्न तयारी भइरहेको छ। जिल्ला प्रशासन कार्यालयले नागरिकता सम्बन्धी सेवा भने जेनजी आन्दोलनको केही दिनपछि नै वैकल्पिक व्यवस्था गरेर सञ्चालन गरेको थियोे।

आन्दोलनका क्रममा आगजनी गरिएपछि जिल्ला प्रशासन कार्यालयका महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका थिए।

प्रशासनले अत्यावश्यक सेवा सञ्चालनसँगै पुनः निर्माणको काम समेत अघि बढाइरहेको जनाएको छ।

 

कमेन्ट लोड गर्नुस