कैलालीमा पेस्तोलसहित एक जना पक्राउ
धनगढीः कैलालीमा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।
गोप्य सूचनाको आधारमा कैलालीको घोडाघोडी नगरपालिका-१ बेलार बस्ने २३ वर्षीय आकाश शाहीलाई प्रहरीले मंगलवार पेस्तोलसहित पक्राउ गरेको हो। शाहीले आफ्नै भान्सा कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा टाईप ५४ नम्बर ५५०१०२३४ को चाईनिज पेस्तोल एक थान र सोहीको म्यागजिन एक थानसहित उनलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।