कैलाली–कञ्चनपुरमा स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना
धनगढी : कैलाली–कञ्चनपुरमा स्थानीय वायुको प्रभावले वर्षको सम्भावना रहेको छ।
सोमवार रातिको समयमा केही स्थानमा वर्षाको सम्भावना रहेको हो।
जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले कैलाली–कञ्चनपुरमा स्थानीय वायुको प्रभाव रहेको बताएको छ। तर, सुदूरपश्चिमबाट मनसुन भने बाहिरिएको छ। कार्यालयका प्रमुख सञ्जय साहले भने, ‘सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ। तर, स्थानीय वायुको प्रभावले राति वर्षा हुने सम्भावना छ। थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भोलि थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। मनसुन भने निष्क्रिय भएको छ। हल्का मात्र पानीको मात्रा देखिएको छ। स्थानीय वायुको प्रभावले मात्र वर्षा हुने हो।’
कैलाली–कञ्चनपुरका किसान धान काट्न तयार रहेका बेला स्थानीय वायुको प्रभावले राति र भोलि दिउँसो वर्षाको सम्भावना रहेको हो। वर्षाले काटेको धानमा बढी क्षति गर्ने भएकाले किसानलाई सचेत रहन भनिएको छ।