धनगढीमा ४ जना जुवाडे पक्राउ
धनगढीः धनगढीमा ४ जना जुवाडे पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-४ बोराडाँडी एकताटोल स्थित सोही ठाउँ बस्ने ४६ वर्षीय भोजराज भट्टले संचालन गरेको पसलमा जुवातास खेली रहेको अवस्थामा आइतवार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पसल सञ्चालक भट्टसहित चारै जनालाई नगद ४२ हजार ६७० रुपैँया र ३ गड्डी ताससहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।