सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मोटरसाइकल दुर्घटनाः दुई जना घाइते

२०८२ असोज १९, ०४:५८ खबर संवाददाता

डोटीः डोटीमा सरकारी मोटरसाइकल दुघर्टना हुँदा २ जना घाइते भएका छन्। जिल्लाको केआईसिंह गाउँपालिका – ४ चन्केसैनबाट गाउँपालिकाको केन्द्र वायल आउँदै गरेको सु.प.प्र.०३००१ बा ००४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका हुन्।

घाइते हुनेमा मोटरसाईकल चालक २१ वर्षीय आशिष सिँजापती र पछाडि सवार २५ वर्षीय कृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। प्रहरीका अनुसार चालक सिजाँपतीको अवस्था सामान्य रहेको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ। तर पछाडि सवार पाण्डेको अवस्था भने गम्भीर रहेको प्रहरीले बताएको छ। पाण्डेलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस