सुदूर नेपाललाई विश्वसँग जोड्दै

इलाममा पहिरोमा परी १४ जनाको मृत्यु

२०८२ असोज १९, १२:३० रासस

काठमाडौँः पहिरोमा पुरिएर इलाममा १४ जनाको मृत्यु भएको छ।प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माइजोगमाई गाउँपालिका–५ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ र माङ्सेबुङ गाउँपालिका–१ मा तीन जनाको मृत्यु भएको हो। 

पहिरो खसेका कतिपय स्थान दुर्गम क्षेत्रमा रहेकाले घटनास्थलतर्फ प्रहरी जानेक्रम जारी छ। पहिरोमा परेकाहरुको स्थानीयले उद्धार गरिरहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने उनले बताइन।
यसैबीच, पहिरोमा परी नौ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। 

कमेन्ट लोड गर्नुस