सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव समूहद्वारा कैलालीको बौनियामा ४४ विगाह जग्गा कब्जा

२०७६ साउन १५, ११:१२ खबर संवाददाता

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कैलालीको बर्दगोरीया गाउँपालिकामा झण्डै ४४ विगाह जग्गा कब्जामा गरेको छ। यसअघि तत्कालिन माओवादी द्वन्द्वका क्रममा समेत कब्जा गरिएको उक्त जग्गा फेरी विप्लव समूहले कब्जामा लिएको हो। बर्दगोरिया जनपरिषद प्रमुख अनुकुलको नेतृत्वमा उक्त जग्गामा व्यानर टाँसेर कब्जा गरेको जनाइएको छ। 

पार्टीले स्थानीय राजेन्द्र मल्ल र वीरबहादुर मल्लको ३५ विघा जमिनसंगै घर, देवबहादुर मल्लको ८ विघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा जमिन कब्जा गरेको हो। माओवादीले कब्जा गरेको जग्गा दलाल र भूमाफिया मिलेर बिक्री वितरण गरिरहेको आरोपमा जग्गा कब्जा गरिएको जनाइएको छ।

घरजग्गामा टाँसिएको व्यानरमा सो जग्गा बिक्री वितरणमा संलग्नलाई भौतिक रुपमा कारवाही गरिने उल्लेख छ। कैलालीका प्रहरीले सो स्थानमा प्रहरी टोली परिचालन गरिएको जनाएको छ। जिल्लामा  विप्लव नेतृत्वको नेकपाले जग्गा कब्जा गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको छ। 
 

कमेन्ट लोड गर्नुस