धनगढीका सडक सुनसान जस्तै
धनगढी: विजयादशमीको बिहान आज धनगढीका सडक सुनसान जस्तै छन्।
दशैं मनाउन जानेहरू गइसकेका र घरघरमा टीकाको तयारीमा रहेकाले सडकमा निकै थोरै सवारीसाधनको आवागन भएको देखिन्छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले सडकमा यातायातका आवागमन न्यून रहेको जनाएको छ । टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ।
दशैंको लागि धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लाका सबैभन्दा बढी मानिस जाने गर्छन्। आफ्नो पुर्ख्यौली थलोमा दशैं मनाउन जानेहरू सप्तमी भन्दा अगाडि नै गइसेका हुन्छन्। दशैंको दिन दिउँसोपछि भने आफन्तकोमा टीका लागउनेहरूको ओहोरदोहर बढ्ने गर्छ।
आज सडकमा लामो तथा छोटो दुरीको सार्वजिक सवारीका साधन न्यून संख्यामा चल्ने भएकाले धनगढीमा भने निःशुल्क यातायात सेवा सञ्चालन गरिएको छ। धनगढी उपमहानरपालिकाले बडा दशैंको टीकालाई ध्यानमा नगर प्रहरी मार्फत धनगढी नगर क्षेत्रमा निःशुल्क यातायात सेवा चलाएको हो।
यस्तै धनगढीको नवजीवन अस्पतालले पनि फूलबारी-धनगढी- अतरिया रुटमा आज दिनभर निःशुल्क बस सेवा सञ्चालन गरेको छ। उपमहानगपालिकाले ९ वटा मोटरसाइकल र दुई वटा चार पाङ्ग्रे र नवजीवन अस्पताले एउटा बसबाट सर्वसाधारणलाई यातायात सेवा प्रदान गर्ने छन्।
निःशुल्क यातायात सेवाका लागि ०९१-५९०६९०, ९८४८४५०४६६ र ९७६७७०९४५० मा गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ। यतायात सेवा ९ वटा मोटरसाइकल र दुई वटा चार पाङ्ग्रे सवारी साधनबाट दिइने छ।