सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सवारी दुर्घटना, तीन जना गम्भीर घाइते

२०८२ असोज १५, ०३:५४ खबर संवाददाता

बैतडीः बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८  भ्यान पाटन–६ गाङको मोडमा बुधवार बिहान दुर्घटना भएको हो । 

दुर्घटनामा  भ्यान चालक पाटन नगरपालिका–४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

दुर्घटानमा घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। 
 

कमेन्ट लोड गर्नुस