धनगढीका खगेन्द्रराज भट्टले गरे २४६ थान कपडा सहयोग
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई २४६ थान कपडा सहयोग गरिएको छ। धनगढी-४ उत्तरबेहडीका स्थानीय खगेन्द्रराज भट्टले बुधवार कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।
धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
कपडा आवश्यक परेको व्यक्तिले कपडा बैंकबाट आफूलाई उपयुक्त हुने कपडा छानेर लग्न पाउँछन्।