बैतडीमा बसको ठक्करबाट एक महिलाको मृत्यु
बैतडी,१४ असोजः बसको ठक्करबाट मंगलवार बैतडीमा एक महिलाको मृत्यु भएको छ।
दशरथचन्द नगरपालिका-२ देहिमाडौँस्थित निङ्गलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा बसको ठक्करबाट वडा नम्बर १ गुरूखोला निवासी ३३ वर्षीया भागरथी लुहारको मृत्यु भएको हो।
जात्राबाट फर्किने क्रममा दशरथचन्द राजमार्गअन्तरर्गत गुरुखोलामा महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०१७ नंको बसले ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए।