धनगढीबाट भन्सार छलीका सामान बरामद
धनगढीः धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–३ फिस रिसोर्ट नजिक र धनगढी उपमहानगरपालिका–१९ लल्लीपुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २८ हजार ३८६ बराबरको भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
भन्सार छलीका सुर्ती, बोइलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।