सुदूर नेपाललाई विश्वसँग जोड्दै

हँसियाले कञ्चनपुरमा एक जनाले आफ्नै घाँटी काटे

सांकेतिक
सांकेतिक
२०८२ असोज १३, ०५:०३ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा एक जनाले आफ्नै घाँटी काटेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–६ रिछाहाका ४० वर्षीय राधेश्याम रानाले आफ्नै घाँटी रेटेका हुन्। राधेश्यामले स्थानीय  मन्तोरा रानाको खेतमा धान काटिरहेकी मनीषा रानाको  हँसियाले आफ्नो घाँटी रेटेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले मनिषाको साइकलमा राखिएको हँसियाले राधेश्यामले आफ्नो घाँटी काटेको बताएको छ।

घटना घटेपछि स्थानीय नरेश रानाले सोमवार बिहान ११ बजे इलाका प्रहरी कार्यालयमा उक्त घटनाको जानकारी गराएका थिए। खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय, बेलौरीबाट सात जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइते अवस्थामा भेटिएका राधेश्याम रानालाई  उपचारका लागि तत्काल ईशान मेमोरियल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो।

धनगढीमा पनि उपचार सम्भव नभएपछि घाइते रानालाई नेपालगन्ज रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले घटनाका विषयमा अनुसन्धान जारी रहेको बताएको छ। राधेश्यामले  हँसियाले घाँटी काट्नुको कारण भने खुलेको छैन।

यस अघि "राधेश्याम रानाले घाँटी रेटेको" हुनु पर्नेमा अन्यथा भएकाले  सच्याएका छौँ- सम्पादक

 

कमेन्ट लोड गर्नुस