सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा गोहीको बच्चा उद्धार

२०८२ असोज १३, १०:२० खबर संवाददाता

धनगढीः सानो कुलोमा फसेको मगरगोहीको बच्चालाई उद्धार गरेर प्राकृतिक वासस्थानमा छोडिएको छ ।

कैलालीको टीकापुर नगरपालिका–९, रैनाबोझी कुलोमा फसेको गोहीको बच्चालाई उद्धार गरेर पथरैया नदीमा छाडिएको हो। स्थानीयले रैनाबोझी झरनामा गोहीको बच्चा फसेको जानकारी दिएपछि संरक्षणकर्मी भोजराज ढुङ्गानाले त्यसको उद्धार गरेका थिए। उद्धार गरेर ल्याएको गोहीको बच्चालाई टीकापुर नगरपालिका–७, बैदी, डल्फिन संरक्षणस्थित पथरैया नदीमा सुरक्षित रूपमा छोडिएको ढुङ्गानाले बताए।

उनका अनुसार उद्धार गरिएको गोहीको बच्चा यसै वर्षको हो। डेढ मिटर लम्बाइ रहेको बच्चा अब प्राकृतिक वासस्थानमा पुगेपछि खतरा नरहेको ढुङ्गानाले बताए। पथरैया, काढा, मोहना नदीमा मगर र घडियाल गोहीको बसोबास रहेको छ। यस क्षेत्रमा प्राकृतिक रूपमै गोहीले बच्चा कोरल्ने गरेका कारण गोहीको सङ्ख्यामा वृद्धि भइरहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस