सुदूर नेपाललाई विश्वसँग जोड्दै

सार्वजनिक बिदामा पनि आयल निगमका १३ वटा डिपो खुला रहने

२०८२ असोज १२, ०४:०५ रासस

काठमाडौंः दशैंको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहनेभएका छन् ।

सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ।

निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलको इन्धन डिपो खुला रहनेछन् ।

दशैंको समयमा सवारी साधनको प्रयोग बढेसँगै इन्धनको खपत पनि बढी हुने भएकाले निगमका कार्यालय खुला रहने निर्णय गरिएको हो।
 

कमेन्ट लोड गर्नुस