सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

२०८२ असोज १२, ०३:१८ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बाट  खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

शनिवार प्रहरीले २० वर्षीय रोहन साउँदलाई पक्राउ गरेको हो। साउँदको साथबाट ४८० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। साउँदलाई शनिवार बेलुकी इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस