कपडा बैंकलाई ४० थान कपडा सहयोग
२०८२ असोज १२, ०२:४४
धनगढीः धनगढीस्थित शिवपुरी धाममा रहेको कपडा बैंकलाई ४० थान कपडा सहयोग गरिएको छ।
धनगढी-४ उत्तरबेहडीकी स्थानीय पार्वतीदेवी रेग्मीले कपडा सहयोग गरेकी हुन्। आइतवार रेग्मी आफैं कपडा बैंकमा पुगेर कपडा हस्तान्तरण गरेकी हुन्।
कपडा बैंक धनगढीले कपडा संकलन गरेर निम्न आय भएका सर्वसाधारणलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस