सुदूर नेपाललाई विश्वसँग जोड्दै

अझै २१ वटा स्थानीय तहमा बैंक पुग्न बाँकी (सूचीसहित)

। फोटो स्रोत ।
२०७६ साउन १४, ०५:५९

सरकारले देशका सबै स्थानीय तहहरुमा बैंकको शाखा पुर्याउने लक्ष्य राखेकोमा गत आर्थिक वर्षमा भने पुरा हुन सकेन्। मुलुक संघीय संरचनामा गएपछि गठन भएका ७५३ स्थानीय तहमा आर्थिक वर्ष २०७४÷७५ को असार मसान्तभित्र आफ्नो शाखा खोल्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो। केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंकहरुले तदारुकता देखाए।

बैंकहरुले स्थानीय तह भागबण्डा नै गरेर अभियान चलाएपछि हालसम्म ७ सय ३२ स्थानीय तहमा बैंक शाखा पुगेका छन्। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाका अनुसार अब २१ स्थानीय तहमा मात्र शाखा स्थापना हुन बाँकी छ। हालसम्म बैंक शाखा खोल्न नसकिएका स्थानीय तहहरुमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशका छन्। कर्णाली प्रदेशका अझै ७ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति पुग्न सकेको छैन।कर्णालीपछि सुदुरपश्चिम प्रदेशमा पनि आधा दर्जन स्थानीय तहहरुमा वाणिज्य बैंकको उपस्थिति पुगिसकेको उनले बताए। प्रदेश नम्बर ५ मा भने सबै स्थानीय तहहरुमा बैंकका शाखा पुगिसकेका छन्।

यस्तै प्रदेश १ को एउटा, प्रदेश २ को दुईवटा र प्रदेश ३ को ३ वटै स्थानीय तहहरुमा बैंकको शाखा पुग्न बाँकी रहेको प्रवक्ता निरौलाले जानकारी दिए। बैंक शाखा खोल्न सबै वाणिज्य बैंकहरुले निकै अग्रसरता देखाए पनि कतिपय स्थानीय तहमा न्युनतम पूर्वाधार समेत नपुगेका कारण समस्या भएको बैंकर एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए। कतिपय ठाउँमा बाटो नै नभएको, प्रहरी चौकी समेत नभएको, निक्षेप जम्मा गरेपछि त्यसलाई ल्याउन समेत गाह्रो हुने भएकाले शाखा खोल्न नसकिएको उनले बताए। तर बाँकी २१ स्थानीय तहमा न्यूनतम पूर्वाधार पुगेको अवस्थामा शाखा खोल्न वाणिज्य बैंकहरु तयारी अवस्थामा रहेको उनले बताए।

बैंक पुग्न बाँकी स्थानीय तह :-

मिक्काखोला गाउँपालिका – ताप्लेजुङ

जीराभवानी गाउँपालिका – पर्सा

धनुषाधाम नगरपालिका – धनुषा

रुवी भ्याली गाउँपालिका – धादिङ

नेत्रावती गाउँपालिका – धादिङ

नार्फुु गाउँपालिका – मनाङ

धार्चे गाउँपालिका – गोरखा

काईके गाउँपालिका – डोल्पा

छार्का ताङतोङ गाउँपपालिका– डोल्पा

महावै गाउँपालिका – कालिकोट

शे फोक्सुण्डे गाउँपालिका – कालिकोट

कुसे गाउँपालिका – जाजरकोट

जुनीचाँदे गाउँपालिका – जाजरकोट

बारेकोट गाउँपालिका – जाजरकोट

पाण्डव गुफा गाउँपालिका – बाजुरा

स्वामी कार्तिक गाउँपालिका – बाजुरा

गौमुल गाउँपालिका – बाजुरा

बुढीनन्दा गाउँपालिका – बाजुरा

काँडा – गाउँपालिका बझाङ

थलारा गाउँपालिका – बझाङ

कमेन्ट लोड गर्नुस