सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य निरन्तर अकासिदो

२०८२ असोज १२, १२:०८ रासस

काठमाडौँः विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ। गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा ७०० र त्यति नै तौलको चाँदी  ७० ले बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य दुई हजार ८१० निर्धारण भएको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज प्रति औँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस