सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सशस्त्र प्रहरीद्वारा एक बर्षमा तीन करोड बढिको सामान बरामद

फाईल फोटो
फाईल फोटो
२०७६ साउन १४, ०५:१३ खबर संवाददाता

कैलालीमा सशस्त्र प्रहरीले एक बर्षको अवधीमा तीन करोड चार लाख बराबरको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गण कैलाली र मातहतका निकायले आर्थिक बर्ष २०७५÷०७६ मा सो सामान बरामद गरि भन्सार कार्यालयलाई बुझाएका हुन्। आर्थिक बर्ष २०७४÷०७५ मा ९७ लाख ८७ हजारको अवैध सामान मात्रै बरामद भएकोमा गत बर्ष तीन गुणा बढि तीन करोड चार लाख चार हजार बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गणका प्रमुख तथा सशस्त्र प्रहरी उपरिक्षक विष्णु भट्टले बताए। 

सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गणले मात्रै आर्थिक बर्ष २०७४÷०७५ मा ३१ लख १९ हजारको चोरी निकासीको सामान बरामद गरेकोमा गत बर्ष भने एक करोड आँठ लाख बराबरको सामान बरामद गरि भन्सार बुझाईएको उनले बताए। 

यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक भट्टको सरुवा भएको छ। भट्टको कमाण्ड तथा स्टाफ कलेज काठामाडौमा सरुवा भएको हो भने उनको स्थानमा कैलालीमा सशस्त्र प्रहरी हेड क्वाटरबाट कमल तिउसिना आउनु भएका छन्। भट्ट कैलालीमा २०७५ साल साउन १ गते अर्थात आर्थिक बर्ष २०७५÷०७६ सुरु भएकै दिन हाजिर भएका थिए। 
 

कमेन्ट लोड गर्नुस