सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा विद्युतीय सवारी दुर्घटना

२०८२ असोज ११, ०४:५२ खबर संवाददाता

बैतडी : बैतडीमा विद्युतीय सवारी दुर्घटना भएको छ। जिल्लाको सुर्नाया गाउँपालिका–७ भन्ज्याङमा विद्युतीय सवारी (इभी) दुर्घटना भएको हो।

धनगढीबाट बैतडीको पुर्चौंडीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ६२० नम्बरको गाडी शनिवार दिउँसो जयपृथ्वी राजमार्ग अन्तर्गत भञ्ज्याङमा दुर्घटना भएको प्रहरीले बताएको छ।

सवारीमा चालकसहित १९ जना सवार रहेकोमा ८ सकुशल रहेका छन् भने १० जना घाइते भएका छन्। पुर्चौंडी नगरपालिका–५ का १५ बर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, पाँच वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद घाइते भएका हुन्।

यस्तै पुर्चौंडी नगरपालिका–४ का १९ वर्षीया कमला धानुक, सोही ठाउँका २२ वर्षीय प्रकाश धानुक र पुर्चौंडी–३ की २२ वर्षीया सावित्री धामी पनि घाइते भएका प्रहरीले बताएको छ। उनीहरू सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ। चालक पुर्चौंडी नगरपालिका–५ का महेश बोहरा फरार छन्।

सवारी सडकबाट करिब २५ मिटर तल खसेको बताइएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस