सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेन्जी आन्दोलनमा आर्थिक मामिला मन्त्रालयको यस्तो छ क्षतिको विवरण

२०८२ असोज ११, ०४:१० नारायण अवस्थी

धनगढी: गत भदौ २४ गते भएको जेन्जी आन्दोलनमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालय जलेर ध्वस्त भएको छ। आगलागी र तोडफोडमा परेर मन्त्रालयका सम्पूर्ण सामग्री जलेर नष्ट भएको मुख्यमन्त्री कार्यालयले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।

आन्दोलनको क्रममा लगाइएको आगोले मन्त्रालयका चार वटा चार पाङ्ग्रे सवारी साधन पूर्णरूपमा जलेर ध्वस्त भएका छन् भने एक निजीसहित तीन वटा मोटरसाइकल जलाइएको छ।

आगजनीमा परेर १६ सेट सोफा पूर्णरूपमा नष्ट भएको छन् भने दुई सेट सोफामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, ११ थान टेबुल, दुई थान कम्प्युटर टेबल, ३१ थान कुर्सी, २० थान टि-टेबुल, १८ थान कम्प्युटर, १६ थान युपिएस, १७ थान प्रिन्टर र २३ वटा एसी पूर्णरूपमा जलेर नष्ट भएको जनाइएको छ।

यस्तै, जेन्जी आन्दोलनको क्रममा ३ थान बेन्च, ७ थान दराज, ४ थान टेलिभिजन, १३ थान टेलीफोन सेट, दुई थान राउटर, २ वटा बुकसेल्फ, १९ वटा सिलिङ फ्यान, १३ थान टेबल पंखा, ४ थान भित्ते पंखा, एक फ्रीज, ३ वटा वाटर डिस्पेन्सर र ८ वटा इन्भर्टर ब्याट्री तथा ४ वटा इन्भर्टर जलेर नष्ट भएको प्रतिवेदनमा लेखिएको छ।

यसैगरी, ६ थान सिसिटिभी क्यामेरा, एक थान सिसिटिभी क्यामेरा रेकर्डर, ६ थान प्लास्टिक कुर्सी, दुई वटा ग्यास सिलिन्डर सहितका कागजात जलेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस