जेन्जी आन्दोलन: प्रदेश लोक सेवाबाट २४ थान कम्प्युटर र ल्यापटप लुटियो, ११ थान प्रिन्टर गायब
धनगढी: गत भदौ २४ मा भएको जेन्जी आन्दोलनमा सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको कार्यालयमा पनि लुटपाट र तोडफोड भएको थियो।
धनगढी-५ तारानगरमा रहेको लोक सेवा आयोगको कार्यालयमा करिब ३६ लाख मूल्य बराबरको मालसामान लुटपाट र तोडफोड भएको पाइएको छ।
प्रदेश लोक सेवा आयोगका सूचना अधिकारी सरोज चौधरीले कार्यालय भवनमा प्रदर्शनकारीले लुटपाट र तोडफोड गर्दा ३६ लाख मूल्य बाराबरको क्षति भएको बताएका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लोक सेवा आयोगको कार्यालयबाट १८ थान डेस्कटप कम्प्युटर, ६ थान ल्यापटप र ११ थान प्रिन्टर लुटिएको प्रतिवेदन तयार गरेको छ। यस्तै, लोक सेवा कार्यालयबाट तीन थान टेलिभिजन र दुई लाख रुपैयाँ नगद लुटपाट भएको प्रतिवेदनमा उल्लेख छ।
प्रदर्शनकारीले लोक सेवा आयोग रहेको घरको सिसामा तोडफोड गरेका छन् भन्ने कार्यालयमा रहेको सम्पूर्ण जेन्जी सामानमा तोडफोड गरेको बताइएको छ।
यस्तै, कार्यालयमा रहेका किबोर्ड, माउस, टि-टेबल, कुर्सी, भित्तेघडी लुटिएको छन् भने बाँकी सामानमा कुनै न कुनै प्रकारको क्षति भएको मुख्यमन्त्री कार्यालयले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।