सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ५ ग्राम भन्दा बढी खैरोहेरोईनसहित एक जना पक्राउ

२०८२ असोज ११, ०८:०९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा खैरोहेरोईनसहित एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बेलौरीपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बेलौरी नगरपालिका-८ पचुई कालोपुलबाट शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर बस्ने भुवन नाथलाई ५ ग्राम ८५ मिलीग्राम खैरोहेरोईन पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस