सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैंक तथा वित्तीय संस्थाहरुका सीईओ राष्ट्र बैंकले छनौट गर्ने

। फोटो स्रोत ।
२०७६ साउन १४, ०४:२४

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को छनौट आफैंले गर्ने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुको सीईओ छनौट राष्ट्र बैंक आफैले गर्नेगरी मौद्रिक नीति तय गरिएको बताउनु भएको हो। उनले मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बैंक तथा वित्तीय संस्थाको स्वच्छताका लागि पनि त्यसका सीईओको छनौटमा हस्तक्षेप गर्न लागिएको पनि स्पष्ट पारे।

उनले बैंक तथा वित्तीय संस्थाहरुको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि बताए। बैठकमा सांसदहरुले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकको सीईओ बनाउँदा पनि नियमन गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरेका थिए। सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकाहरुलाई बैंकले सीईओ नियुक्ति गर्दा पनि कारबाही गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना समेत गरे।

यस्तै सांसद तेजुलाल चौधरीले गैर कृषकहरुलाई कृषि ऋण प्रवाह गर्दा पनि नियमन गर्न नसकेको उल्लेख गर्दै कृषि ऋणमा बिचौलियाहरुको प्रवेश निषेध गर्न पनि नेपाल राष्ट्र बैंकलाई सचेत गराए। उनले बैंकहरुले निक्षेप संकलनको नाममा सर्वसाधारणलाई ठगी गरिरहेको आरोप पनि लगाए।
 

कमेन्ट लोड गर्नुस