सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

२०८२ असोज १०, ०१:५६ रासस

काठमाडौँः अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका हुन्।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्। मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त भएका शर्माले आजै कार्यभार सम्हाल्नेछन्।

कमेन्ट लोड गर्नुस