चाडपर्वमा यात्रु सहजताका लागि बैतडीमा प्रहरीद्वारा सहायता कक्ष सञ्चालन
बैतडीः चाडपर्वको अवसरमा यात्रुहरूको सुरक्षासहित सहज यात्रा सुनिश्चित गर्न बैतडीमा प्रहरीद्वारा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार जिल्लाका प्रमुख नाकाहरू र भीडभाड हुने स्थानहरूमा आइतबारदेखि सहायता कक्ष सञ्चालनमा आएका हुन्।
सवारी दुर्घटना न्यूनीकरण, यात्रुहरूलाई गन्तव्यसम्म सुरक्षित पु¥याउने र अनुगमनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालयले झुलाघाट, गोठलापानी, देहीमाण्डौं, सतबाँझ, खोचलेक, गोकुलेश्वर, सिमार, पाटन, खोड्पे, श्रीभावर र मेलौलीमा सहायता कक्ष स्थापना गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार चाडपर्वको समयमा देखिने तोकिएकोभन्दा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने जस्ता अव्यवस्था नियन्त्रण गर्न सहायता कक्षले प्रत्यक्ष रूपमा निगरानी गर्नेछ। उनले यात्राको क्रममा कुनै समस्या परेमा नजिकको सहायता कक्षमा सम्पर्क राख्न यात्रुहरूलाई आग्रह गरेका छन्। प्रहरीका अनुसार यी सहायता कक्ष तिहारसम्म सञ्चालनमा रहने छन्।
जिल्लाका बुढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह, गौमुल, बडीमालिका हिमाली, स्वामिकात्तिक, जगनाथ, बुढीनन्दा नगरपालिकालगायतका गाउँबस्तीका स्थानीय आर्थिक अभावकै कारण प्रदेशिन बाध्य भएका छन्।
गत साउनमा जसरी भारतमा जाने गरेका थिए। त्यसै सङ्ख्यामा अहिले जिल्ला बाहिर गएका यहाँका स्थानीय यती बेला गाउँ फर्किने गरेका छन्। पहिलो तलदेखि बस खाली आउने गर्थे भने अहिले माथिदेखि खाली र तलदेखि भरिभराउ गरेर आउने गरेको बाम्का बजार टिकट काउन्टरका इन्चार्ज जनक बुढाले बताए।