सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक युवक खैरो हेरोइनसहित पक्राउ 

२०८२ असोज ६, ०७:२५ खबर संवाददाता

धनगढीः कैलालीमा एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपपालिका–४ कौवापुर पुर्णिमा सामुदायिक वन नजिक रहेको शिब मन्दिरबाट सोही ठाउँ बस्ने २२ वर्षीय खडक सिजाली मगर खैरो हेरोइनसहित पक्राउ परेका हुन्। १ ग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस