सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधान दिवसको अवसरमा आरम्भका विद्यार्थीहरुद्धारा दीप प्रज्वलन

२०८२ असोज ३, ०७:१९ खबर संवाददाता

धनगढी: संविधान दिवस २०८२ को अवसरमा आज धनगढीको पार्क मोडमा विशेष कार्यक्रमको आयोजना गर्दै आरम्भ कानूनी शिक्षा केन्द्र, धनगढीका कानूनका विद्यार्थीहरूले दीप प्रज्वलन गरेका छन्।

कार्यक्रममार्फत संविधानको सम्मान र कानूनी सचेतनाको सन्देश फैलाउने उद्देश्य राखिएको थियो। सहभागीहरूले राष्ट्रिय एकता, समानता र लोकतन्त्रको संरक्षणमा संविधानको भूमिका महत्वपूर्ण रहेको भन्दै दीप बालेर संविधान दिवसलाई स्मरण गरेका थिए।

आरम्भ कानूनी शिक्षा केन्द्रका विद्यार्थीहरूले आगामी दिनहरूमा पनि यस्ता सचेतना मूलक कार्यक्रमहरू गर्दै जाने जनाएका छन्।

 

कमेन्ट लोड गर्नुस