सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुुला मा ५८ कैदीबन्दी कारागार फर्किए

२०८२ असोज २, ०१:०० रासस

दार्चुलाः जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ मा जिल्ला कारागारबाट फरार ७१ कैदीबन्दीमध्ये ५८ जना कारागार फर्किएका छन्।

फरार मध्येका दुई कैदीबन्दी सम्पर्कमा रहेको कारागारका जेलर सरीता चन्दले जानकारी दिइन। फरार कैदीबन्दीको हुलियासहित सबै ठाउँमा विवरण पठाइएको र उनीहरुको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। फरार कैदीबन्दी तथा थुनुवालाई तुरुन्त सम्पर्क गर्न र कानुनको पालना गर्न आग्रह गर्दै प्रशासनले सूचना जारी गरिसकेको छ। जिल्ला कारागारमा कूल ७७ कैदीबन्दीमध्ये ६ जना कारागारमै बसेका थिए।

कमेन्ट लोड गर्नुस