धनगढी र टीकापुरबाट ५६ लाख ८३ हजारको अवैध सामान बरामद
धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ र टीकापुर नगरपालिका–९ भैयावाडा स्थित नहर नजिकबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५६ लाखको ८३ हजार ५६० बराबरको सामान बरामद गरिएको हो।
उक्त मुल्य बराबरको मोबाइल, स्मार्ट घडी, एयरफोन, पावर ब्याङ्क, पेन ड्राइभ लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बुधवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।