सुदूर नेपाललाई विश्वसँग जोड्दै

विषादी परीक्षण केन्द्रको अनुगमन गरिने

। फोटो स्रोत ।
२०७६ साउन १३, ०१:४२

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विषादी परीक्षण केन्द्रको अनुगमन गर्ने भएको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले काठमाण्डौको कालिमाटीको केन्द्रीय विषादी परीक्षण केन्द्र र बबरमहलमा रहेको खाद्य परीक्षण केन्द्रको अनुगमन गर्ने निर्णय गरेको हो। बैठकले समिति सदस्य मुकुन्द न्यौपानेलाई अनुगमन टोलीको संयोजक पनि तोकेको छ।

अनुगमन टोलीको प्रतिवेदन आएपछि सम्बन्धित मन्त्री र सचिवलाई बोलाएर छलफल गरी सरकारलाई आवश्यक निर्देशन दिने सभापति बिमल प्रसाद श्रीवास्तवले जानकारी दिए। काठमाण्डौ उपत्यकाको कालीमाटीबाहेक मुलुकका प्रमुख नाका लगायतका स्थानमा विषदी परीक्षणका लागि आवश्यक प्रविधि तथा उपकरण नभएको कारण देखाउँदै आयातित खाद्य सामाग्रीको विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट सरकार पछि हटेपछि यो विषयले चर्चा पाउँदै आएको छ। यस सम्बन्धमा सर्वोच्च अदालतले पनि विषादी परीक्षण गर्ने निर्णयलाई यथावत् राख्दै विषादी हेरेर मात्रै ल्याउन आदेश गरेपछि पुन परीक्षणको काम सुरु गर्न थालिएको छ।
 

कमेन्ट लोड गर्नुस