सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालकी कर्मचारी विष्टले प्रहरी कार्यालय र वनमा तोडफोड गर्न उक्साइन

२०८२ भदौ ३१, ०५:२३ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालमा कार्यरत एक कर्मचारीले जिल्ला प्रहरी कार्यालय र वन डिभिजन कार्यालयमा तोडफोड गर्न युवाहरूलाई उक्साएको तथ्य फेला परेको छ।

सेती अस्पातमा कार्यरत महेश्वरी विष्टले तोडफोड गर्न युवाहरूलाई उत्तेजित बनाएकी हुन्। जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक भवन नजिकै फुटपाथमा उभिएर विष्ट र अर्की एक जना महिलाले युवाहरूलाई तोडफोड गर्न सल्लाह दिएकी हुन्।

उनी र सँगै रहेकी अर्की महिलाले भदौ २४ गते साँझ युवाहरूलाई प्रहरी कार्यालय र नजिकै रहेको वन कार्यालयमा समेत तोडफोड गर्न उक्साएको र उनको सल्लाहको प्रतिवाद गर्दा एक युवालाई अश्लिल गाली समेत गरेकी थिइन्।

जेन्जी युवाहरूलाई सरकारी सम्पत्तिमा तोडफोड नगर्न र प्रहरीमाथि आक्रमण नगर्न सम्झाइ बुझाइ गरिरहेका पत्रकारलाई समेत कुटपिट गर्न विष्टले युवाहरूलाई उक्साएकी थिइन्। कैलाली प्रहरीले बिष्ट र एक जना अर्की महिलाको भिडियो प्राप्त भएको जनाएको छ।

कमेन्ट लोड गर्नुस