सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सडक पूर्वाधारमा वर्षेनी ठुलो बजेट खर्च, उपलब्धी भने शुन्य

कैलालीको चौमाला–खैराला सडक
कैलालीको चौमाला–खैराला सडक
२०७६ साउन १३, १०:५७ जनक विष्ट

कामका लागि खाद्यान्न परियोजनाले २०६२÷६३ साल पछि निर्माण थालेको बैतडीको देहिमाण्डौँ–गिरेगडा–पञ्चेश्वर सडकको ट्रयाक खुलेको १४ वर्ष बितेको छ। तर उक्त सडक निर्माणको कामले अझै अन्तीम रुप पाउन सकेको छैन्। संघिय सरकार सहितका अन्य विभिन्न निकायले सो सडकमा करोडौँ लगानी गरिसकेका छन्। तर सडकको दुरावस्था सुधार हुन नसक्दा वर्षेनी हुने दुर्घटनाका कारण अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता कायमै छ।

गत  वर्ष प्रदेश सरकारले समेत देहिमाण्डौँ–गिरेगडा–पञ्चेश्वर सडकको १५ किलोमिटर कालोपत्रे गर्ने भन्दै गत वर्ष डेढ करोड छुट्याए पनि काम भने अझै सुरु हुन सकेको छैन्। उपभोक्ता समिति मार्फत केही काम भएपनि कालोपत्रेका लागि ठेक्का सम्झौता मात्र भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगदीश जोशीले बताए।

गत वर्षकै बजेट खर्च हुन नसकेका बेला प्रदेश सरकारले फेरी यसवर्ष थप चार करोड २० लाख बजेट विनीयोजन गरेको छ। सो क्षेत्रबाट पटक पटक चुनाव लडेका नेताहरुले देहिमाण्डौँ–गिरेगडा–पञ्चेश्वर सडक स्तरोन्नती र कालोपत्रेको आश्वासन दिएपछि निर्वाचित भएपछि वास्ता नगर्दा स्थानीयले जोखिममै यात्रा गर्नुपरिरहेको छ भने सडक स्तरोन्नती र कालोपत्रेका नाममा वर्षेनी हालिने बजेट दुरुपयोग गरिदै आएको आरोप पनि लाग्ने गरेको छ।

तर सोही क्षेत्रबाट निर्वाचित भएका सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्टले भने अब उक्त सडक निर्माणको कामले तिव्रता पाउने दावी गरेका छन्। उनले आफूले पहिलो प्राथमिकतामा राखेर सो सडक निर्माणका लागि पहल गर्दै आएको पनि जिकिर गरे।

कैलालीको चुरेमा रहेको गर्भा दरबार जोड्ने चौमाला–खैराला सडकको निर्माण सुरु भएको पनि १० वर्ष बितिसकेको छ। सडकको ट्रयाक खोल्ने, सडक स्तरोन्नती र विस्तार गर्ने नाममा १० वर्षको अवधीमा तीन करोड बढि बजेट खर्च भईसकेको छ भने सोही सडकमा विभिन्न निकायले लगानी गर्दै आएका छन्।

गत वर्ष चुरे गाउँपालिकाले सडकको ट्रयाक खोल्ने भन्दै एक करोड २ लाखमा ठेक्का लगाएपनि सम्झौता अनुसारको काम हुन सकेको छैन्।  प्रदेश सांसद दीर्घ सोडारीको पूर्वाधार विकास कार्यक्रम अन्तरगत पनि २५ लाख खर्च गरिएको छ।

चुरे गाउँपालिका वडा नम्बर कृष्ण बहादुर मल्लले वडा कार्यालय सम्म ट्रयाक खोलिएपनि गाडी सञ्चालनमा ल्यान नसकिएको जनाए। डडेल्धुराको पर्शुरामधाम जोड्ने कटाल–पर्शुराम धार्मिक पर्यटकिय सडक निर्माण सुरु भएको पनि लामो समय बितिसकेको छ।

उक्त सडक निर्माणमा पनि करोडौँ बजेट खर्च भईसकेको तर सडक निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन्। गत वर्ष सडक कालोपत्रेका लागि प्रदेश सरकारले छुट्याएको डेढ करोड बजेटमा ठेक्का सम्झौता भएपनि काम भने अझै सुरु भएको छैन् प्रदेश सरकारले यसवर्ष थप तीन करोड बजेट छुट्याएको छ।

पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द खत्रीले उपभोक्ता समिति मार्फत केही काम भएपनि गत वर्ष ढिलो गरी ठेक्का सम्झौता भएका कारण निर्माण सुरु नभएको जनाए। कैलाली, डडेल्धुरा, बैतडी मात्र नभएर प्रदेशका अन्य जिल्लामा पनि स्थानीय स्तरमा महत्वपूर्ण मानिएका धार्मीक, पर्यटकीय सडकहरुको निर्माण कार्य सुरु भएको वषौँ बितेपनि प्रगती भने न्युन रहेको बताईएको छ। तर त्यस्ता सडकमा वर्षेनी ठुलो लगानी गरी दुरुपयोग गर्ने क्रम बढेपछि महत्वका सडकको निर्माण ओझेलमा परेको आशंका गरिदै आएको छ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस