सुदूर नेपाललाई विश्वसँग जोड्दै

हप्ता असुलीले कैलालीमा बदनाम घुमुवा प्रहरी

२०७६ साउन १२, ०६:४९ खबर संवाददाता

कैलालीमा अपराध अनुसन्धानका लागि सूचना संकलन गर्न राखिएका घुमुवा प्रहरी असुली धन्दामा लागेको आरोप लाग्न थालेको छ। जिल्लामा दैनिक रुपमा अपराधिक गतिविधि बढ्दै गएपछि घुमुवा प्रहरीमाथि प्रश्न उठ्दै गएका बेला उनीहरु असुली धन्दामा सक्रिय रहेको आरोप लागेको हो। पूर्व प्रहरी वरिष्ठ उपरिक्षक मोहनराज जोशीका अनुसार सादा पोशाकका प्रहरीका रुपमा रहेका घुमुवाहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हो। ‘तर पछिल्ला वर्षहरुमा उनीहरु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय हुन थालेका छन्,’ जोशीले भने, ‘उनीहरु जिम्मेवारी छोडेर अहिले हप्ता असुलीमा सक्रिय हुन थालेका छन्।’

घुमुवा प्रहरीहरु इञ्चार्ज समक्ष भाग पुगाउने विश्वासिलो माध्यम बनेको आरोप पनि लाग्दै आएको छ। धनगढीका एक स्थानीले भने– ‘सीमा नाकाबाट हुने चोरी, तस्करीसंगै अन्य अवैध क्रियाकलाप गर्न दिने सहमतीमा घुमुवा प्रहरीले असुली गर्दै आएका छन्।’ घमुवा प्रहरी भनेर छुट्टै दरबन्दी नुहने भएपनि जिल्ला प्रहरी कार्यालयहरुमा १० जनासम्म घुमुवा राखिएका हुन्छन्। अहिले धनगढी क्षेत्रमै जिल्ला प्रहरी कार्यालयका चार जना घुमुवा छन् त्यस्मा तीन जना प्रहरी प्रमुखका घुमुवा रहेका छन्। घुमुवा नामले नै बदनाम भएको भनाई पूर्व प्रहरी नायव महानिरिक्षक हेमन्त मल्लको छ। 

‘विगतमा घुमुवाको प्रयोगले प्रहरीलाई अपराध अनुसन्धानमा धेरै सहयोग पुगेको अनुभव पनि छ,’ उनले भने, ‘अहिले प्रहरी कार्यालयहरुको नेतृत्व गरेका अधिकारीहरुले आफू निकटका प्रहरीलाई घुमुवा राखेर अनुकुलता अनुसार प्रयोग गर्दा उनीहरु बदनाम छन्।’ उनीहरुको संरक्षण र हामिकको आडमा सीमा नाकाहरुमा तस्करी बढिरहेको छ भने त्यहीक्रम बढ्दै जाँदा अहिले घुमुवा प्रहरीको स्थिति उद्देश्य भन्दा ठीक विपरित भएको भनाई उनको छ। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्ष दक्षकुमार बस्नेतले भने घुमुवा प्रहरी कुनै असुली धन्दामा नलागेको दावी गरे। उनले घुमुवालाई दिएको जिम्मेवारी नै बढि भएकाले उनीहरुको ध्यान त्यता जानै नसक्ने दावी गरे। 

धनगढीमा जिल्ला प्रहरी कार्यालयका मात्रै नभई, अन्य प्रहरी युनिट र सशस्त्र प्रहरीका पनि धेरै घुमुवाहरु अपराधको सुचना संकलनका लागि खटाईएका छन्। तर उनीहरु परिचालन भएपछि अपराधको सुचना प्रहरी युनिटमा पुग्नुको सट्टा अपराधिक गतिविधिहरु झनै बढ्न थालेपछि घुमुवामाथि शंका बढेको हो।
 

कमेन्ट लोड गर्नुस