सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघको चुनावी अधिवेशन स्थगित

२०८२ भदौ २६, ०१:२४ खबर संवाददाता

धनगढीः कैलाली उद्योग वाणिज्य संघको चुनावी अधिवेशन स्थगित भएको छ। आज प्रेस विज्ञप्ति निकाल्दै उद्योग वाणिज्य संघले ५१ औं साधारण सभा तथा चुनावी अधिवेशन स्थगित भएको जनाएको हो।

अध्यक्ष पुष्पराज कुँवरले हस्ताक्षर गरेको विज्ञप्तिमा दसैं र तिहारको बिचमा परिस्थिति हेरेर चुनावी अधिवेशनको गरिने उल्लेख गरिएको छ।

संघले यसअघि भदौ २८ गते चुनावी अधिवेशनको मिति तोकेको थियो। चुनावी अधिवेशनमा लागि उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन भने भइसकेको छ।
 
 

कमेन्ट लोड गर्नुस