सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी कारागार तोडफोडपछि कैदीबन्दी फरार

२०८२ भदौ २५, ११:०१ खबर संवाददाता

बैतडीः बैतडी जिल्ला कारागारमा रहेका सबै कैदीबन्दी सोमवार साँझ कारागार तोडफोड गरी फरार भएका छन्।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार राति ८ः३० बजेतिर कैदीबन्दीले कारागारमा आगजनी र तोडफोड गर्दै गेटको ताला तोडी भागेका हुन।

कारागारमा रहेका ६२ जना कैदीबन्दी सम्पूर्ण फरार भएको जानकारी दिँदै उनले भने, ‘‘बन्दीगृहभित्र दिउँसोदेखि नै सुरु भएको आगजनी र तोडफोड नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीले घण्टौँ प्रयास गरे तर सफल हुन सकेन्न।” घटनापछि प्रमुख जिल्ला अधिकारी पौडेलसहित सुरक्षाअधिकारीको टोली कारागार परिसर पुगेको छ। फरार कैदीबन्दीको खोजतलासका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस