सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका निजी अस्पतालहरुले प्रदर्शनको क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने

२०८२ भदौ २४, ०२:२८ खबर संवाददाता

धनगढीः धनगढीका निजी अस्पतालहरुले जेनजीहरुले गरेको प्रदर्शनको क्रममा घाइते भएका सबै पक्षका व्यक्तिहरुको निःशुल्क उपचार गर्ने भएका छन्।

धनगढी स्थित मायामेट्रो, निसर्ग, सारथी अस्पताल र अस्पताल र कैलाली अस्पताल प्रा.ली.ले आज विज्ञप्ति जारी गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत सबै पक्षका घाईतेहरुको उपचार निःशुल्क गर्ने बताएका छन्। 

कैलाली अस्पताल प्रा.ली.का अध्यक्ष जनकराज जोशीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। “हाल सुदूरपश्चिमका विभिन्न स्थानमा हिजो देखि जेनजीहरुले गरेको प्रदर्शनको क्रममा घाइते भएका सबै पक्षका व्यक्तिहरुको कैलाली हस्पिटल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि यो जानकारी तथा प्रेस विज्ञप्ती प्रेशित गरिएको छ।

 

त्यस्तैे मायामेट्रो अस्पतालले पनि प्रेस विज्ञप्ति जारी गर्दै निःशुल्क उपचार गर्नेबारे जानकारी गराएको छ।  


 


 

कमेन्ट लोड गर्नुस