सुदूर नेपाललाई विश्वसँग जोड्दै

निरोगि जिवनका लागि योग साधना आवश्यक

। फोटो स्रोत ।
२०७६ साउन ११, ०७:४९

योगका प्रशिक्षकहरुले योग साधनाका विविध पक्ष र यसको महत्वबारे प्रकाश पारेका छन्। ओम शान्ति साधना केन्द्रले आज राजधानीमा गरेको कार्यक्रममा योग गुरुहरुले स्वस्थ र निरोगी रहन दैनिक रुपमा योग साधना अपनाउन सुझाव दिए। उनीहरुले शारीरिक मानसिक र वौद्धिक रुपमा स्वस्थ रहन योगको विकल्प नभएको वताए।

कार्यक्रममा इमेज च्यानलका महाप्रवन्धक रघुवीरभक्त मानन्धरले एक दशकदेखि साधना केन्द्रले योगबारे सर्वसाधारणलाई प्रशिक्षण गराउँदै स्वस्थ जिवनयापनमा सहयोग र्पुयाएको र आगामी दिनमा नियमित रुपमा केन्द्रले योग प्रशिक्षणमार्फत योगको महत्वबारे उजागर गर्दै जानुपर्ने बताए। कार्यक्रममा संस्थाका योग प्रशिक्षकलाई सम्मान गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस