टीकापुरका एक फरार प्रतिबादी पक्राउ
धनगढीः कैलालीको टीकापुरका एक फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको मिति २०८१ श्रावण ३० गतेको फैसलाले लागूऔषध मुद्दामा १ महिना २९ दिन कैद सजाय तोकेपछि फरार रहेका टीकापुर नगरपालिका-१ ब्लक नम्बर १० बस्ने २८ वर्षीय प्रदिप कुमार भण्डारी पक्राउ परेका छन्। भण्डारीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।