सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय बलर अमित मिश्राले सबैखाले क्रिकेटबाट सन्न्यास लिए

२०८२ भदौ १९, ०५:११ खबर संवाददाता

धनगढीः भारतीय बलर अमित मिश्राले सबैखाले क्रिकेटबाट सन्न्यास लिएका छन्। ४२ वर्षीय लेगस्पिनर मिश्राले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन्।

मिश्राले सन् २००३ देखि २०१७ सम्म सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । यस अवधिमा उनले २२ टेस्ट, ३६ एकदिवसीय र १० टी–२० क्रिकेट खेल्दै १ सय ५६ विकेट लिएका छन् । यद्यपि उनले गएको वर्षसम्म फ्रेन्चाइजी लिग खेलेका थिए । उनले सन् २०२४ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सबाट खेलेका थिए।

मिश्राले आईपीएलमा दिल्ली डेयरडेभिल्स (अहिले क्यापिटल्स), डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र लखनउ गरी ४ वटा टोलीबाट खेले । उनले आईपीएलमा सन् २०२२ बाहेक २००८ देखि २०२४ सम्म प्रतियोगिताका सबै संस्करण खेले। उनले आईपीएलमा १ सय ६२ खेलबाट १ सय ७४ विकेट लिएका छन्।

कमेन्ट लोड गर्नुस