सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईबाट नेपाली महिलाको उद्धार

२०७६ साउन ११, ०१:३३

यूएई– तीन महिनादेखि तलब नदिई कामबाट निकालेपछि समस्यामा परेकी एक महिलाको यूएईबाट  उद्धार गरिएको छ।  अमार क्लिनिङ कम्पनीमा कार्यरत झापा सुरुङ्गाकी ३४ वर्षीया शोभा न्यौपानेलाई दूतावासले उद्धार गरेको हो। 
कम्पनीले तलब सुविधा रोकेको र पछिल्लो एक महिनादेखि काममा नलगाई बेवारिसे बनाएको पीडित न्यौपानेको  घर फर्काइदिन कम्पनीसँग आग्रह गर्दा पासपोर्ट अध्यागमनमा बुझाएको भन्दै बिलम्ब गरेको थियो।
सम्बन्धित जिल्ला समाजका व्यक्तिहरुलाई आफ्नो समस्याबारे उनले बताएकी थिइन्। झापाका मणी सुबेदीले उनको उद्धारका लागि एनआरएन आबुधाबी क्षेत्रीय समितिसँग समन्वय गरेपछि एनआरएन आबुधाबी क्षेत्रीय समितिका पूर्व सहसचिव फणिन्द्र ढकाल रोशनको पहलमा शुक्रबार रसअलखेमाबाट उनको उद्धार गरिएको हो। 
पीडित महिला अहिले दूतावासको सुरक्षित आवास गृहमा छन्। उनी एकवर्ष पहिले काठमाण्डौमा रहेको पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रालिमार्फत क्लिनरको काममा यूएई गएकि थिइन्।
 

कमेन्ट लोड गर्नुस