सुदूर नेपाललाई विश्वसँग जोड्दै

हजुरआमा -हजुरबुबाको सम्झना

२०८२ भदौ १७, ०२:२१

आठ-नौ वर्ष बितिसकेछ समयले त भुलाउन सकेन
घरकाे आँगन पुरानो चौतारी अझै सम्झनामा टड्कारो छ।
तपाईंहरुकाे मधुर मुस्कान माया र आशिर्वादकाे छायाँ,
आज पनि जीवनकाे बाटोमा दीप झै जलिरहेछ।

हजुरआमाकाे काँधमा टेकेर सुतेका बालापनका रातहरु,
हजुरबुबाकाे हातमा टाँसिएर हिडेका बिहानहरु,
बाेलाई ,कराई ,कथा र लाेकगीतहरु
सबै अहिले पनि कानमा घन्कन्छन् मुटुमा बज्छन्।

आकाशकाे तारामाझ जस्तै तपाईंहरुका सम्झनाहरु ,
हरेक क्षणमा टिम्टिमाउँछन् ,उज्यालो दिन्छन्
शरीर टाढा भए पनि आत्मा सधैं नजिकै लाग्छ
जसरी धर्ती सँग गडेकाे जराले रुखलाई बलदिन्छ ।

आठ-नौ वर्षको याे दुरीले अझै पनि माया  मेटाएन
बरु झन् झन् गहिरो ,अमुल्य बनाउदै लग्यो 
तपाईंहरुकाे  आशीर्वाद नै मेरा हरेक सफलतामा 
तपाईंहरुकाे सम्झना नै मेरा हरेक एक्लाेपनमा ।

समयले त बाटो फराकिलो बनाईदियाे ,
तर तपाईंहरुकाे प्रेमले हृदय सानाे बनाइदियो 
हरेक पर्व,हरेक उत्सव  हरेक बिहान साझ,
तपाईंहरुकाे अनुहार मनका पानामा  सजिन्छ।

लेखक कलावति शाहु दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।

कमेन्ट लोड गर्नुस