सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी युवा क्लवको अध्यक्षमा ओझा

२०७६ साउन ११, ११:५४ खबर संवाददाता

धनगढी युवा क्लवको अध्यक्षमा मोहनराज ओझा चयन भएका छन्। सस्थाको आज भएको साधारण सभाले अध्यक्षमा ओझालाई चयन गर्दै ९ सदस्यीय समिति चयन गरेको हो। समितिको उपाध्यक्षमा लक्ष्मीराज जोशी, सचिवमा हरिप्रशाद भट्ट, सह–सचिवमा लालवहादुर साउद र कोषाध्यक्षमा गौरव चौधरी चयन भएका छन्। 
यस्तै क्लवको सदस्यमा धनिराम चौधरी, राजेश चौधरी, विष्णा जोशी र शान्ती गिरी चयन भएका छन्। २०५५ सालमा स्थापना भएको क्लवले खेलकुद र विभिन्न सामाजिक कार्य गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस