सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोधारा चाँदनीमा बाढी : सशस्त्रका दुई बीओपी पनि विस्थापित

२०८२ भदौ १६, ०४:२९ खबर संवाददाता

कञ्चनपुर: अविरल वर्षापछि दोधराा चाँदनी नगरपालिकामा रहेका सशस्त्र प्रहरीका दुई वटा बोर्डर आउट पोस्ट९बीओपी०समेत सारिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा नं। १० मा रहेका सुन्दरनगर र वडा नं। ७ मा रहेका कञ्चनभोजस्थित बीओपीका सुरक्षाकर्मी डुबानका कारण विस्थापित भएका हुन् ।

सुन्दरनगर बीओपीका सुरक्षाकर्मी नजिकैको ओमकार आधारभूत विद्यालयमा र कञ्चनभोजका सुरक्षाकर्मीलाई नजिकैको सशरी खोप केन्द्रमा सारिएको छ । ‘जोगबुडा नदीको वहाव बढदै गएको छ, जोखिम बढी भएकाले सुरक्षित स्थानमा सारिएको हो,’ सशस्त्र प्रहरीको झलारी स्थित ३५ नं। गणका प्रमुख एसपी लोकेन्द्र भट्टले भने, ‘सुरक्षाकर्मीहरू सुरक्षित स्थानमा सरेर बाढीमा परेकाहरुको उद्धारमा खटिएका छन् ।’

प्रहरीका अनुसार जोगबुडा नदीको बाढीका कारण दोधारा चाँदनी नगरपालिका १० शान्ति टोलका १० परिवार, सोही नगरपालिकाको-८ को रामपुरे टापु र जर्गा टोलमा २५ परिवार र वडा नं। ३ पटेराखल्लाका १५ परिवार विस्थापित भएका छन् ।

यसैगरी डुबानका कारण भीमदत्त नगरपालिका ११ चौकिसोतामा पनि ५ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापितलाई नजिकैको विद्यालयमा सारिएको छ ।

कमेन्ट लोड गर्नुस