सुदूर नेपाललाई विश्वसँग जोड्दै

सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग सुचारु, केआईसिंह राजमार्ग फेरी अवरुद्ध

२०८२ भदौ १६, ०२:२५ खबर संवाददाता

डडेल्धुराः सुदूरपश्चिमका सात पहाडी जिल्लाको मुख्य सडक भीमदत्त राजमार्ग सुचारु भएको छ। 
गन्यापधुरा गाउँपालिका–१ को भात्काडा क्षेत्रमा पहिरो खसेपछि अवरुद्ध भएको राजमार्ग सुरक्षाकर्मीले पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए।

यससँगै, डडेल्धुरा–डोटीलाई जोड्ने केआइसिंह राजमार्ग भने फेरि अवरुद्ध भएको छ। गन्यापधुरास्थित रडुवा खोलामा पहिरो खस्दा यातायात ठप्प भएको हो। केही समयका लागि सुचारु भएको यो राजमार्ग पुनः बन्द भएपछि सवारी आवागमन प्रभावित भएको छ। 
 

कमेन्ट लोड गर्नुस