सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश प्रमुख मियाँद्वारा गौरापर्वको शुभकामना

२०८२ भदौ १५, १०:३२ खबर संवाददाता

अत्तरियाः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले गौरापर्वले सम्पूर्ण नेपालीबीच भावनात्मक एकता र आपसी भाइचारा अभिवृद्धि गर्ने बताएका छन्। गौरापर्व २०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा मिल्ने बताए।

उनले गौरापर्वले नेपालको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन तथा विकासमा टेवा पुर्याइरहेको बताए। उनले शुभकामना सन्देशमा भनेका छन, “गौराले आपसी प्रेम र सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।” घरपरिवारबाट टाढा रहेका आफन्तहरूसमेत गौरापर्व मनाउन घर फर्किने भएकाले यस पर्वले पारिवारिक मिलनमा पनि विशेष महत्व राख्ने शुभकामना सन्देशमा उल्लेख छ।

सुदूरपश्चिमवासीको मौलिक एवं सांस्कृतिक पर्व गौराको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ।

 

कमेन्ट लोड गर्नुस