सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागु औषध सेवनकर्ता साधारण तारेखमै छुट्दा चोरी नियन्त्रण चुनौतीपूर्ण

२०७६ साउन १०, ०७:२९ रोशन भट्ट

चोरीमा सबैभन्दा बढि संग्लन भईरहने लागु औषध सेवनकर्ताहरु अदालतबाट साधारण तारेखमै छुट्न थालेपछि प्रदेशको अस्थायी राजधानी धनगढीमा श्रृङखलावद्ध चोरी नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ। लागु औषध कारोवारी पक्राउ नपरे पनि सेवनकर्ताहरु अदालतबाट साधारण तारेखमै छुट्न थालेपछि चोरीमा उनीहरुले नै सक्रियता बढाएको आशंका गरिएको छ। यस्तै चोरीमा संलग्न भएकाहरु पनि अदालतबाट सहजै उन्मुक्ती पाउँदै आएका छन्। अदालतले उमेर नपुगेको भन्दै उनीहरुलाई सामान्य धरौटी वा साधारण तारेखमा छोडिरहेको छ।

 जसले गर्दा १० बजे रातीपछि सुनसान हुने धनगढीमा फेरी उनीहरु नै चोरीमा सक्रिय हुने क्रम बढिरहेको प्रहरीले नै दावी गरिरहेको छ। कैलाली जिल्ला अदालतमा मात्र गत आर्थिक वर्षमा लागु औषध सम्बन्धीका ९७ मुद्धा परेका थिए। आर्थीक वर्ष २०७४÷०७५ का २१ मुद्धा समेत गरी हाल सम्म एक सय १८ मुद्दा परेको अदालतले जनाएको छ। जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीका अनुसार ती मध्ये ६० मुद्दामा फैसला भएपनि ५८ मुद्दा फच्यौट हुन बाँकी छन्। तर कानूनी रुपमा सामान्य सजाय हुने र उक्त सजाय काटिसकेकाहरु नै फेरी लागु औषध सेवन तथा चोरीका घटनाहरुमा सक्रिय रहेको पाईएको छ।

अहिले धनगढीमा दैनिक जसो चोरीका घटनाहरु सार्वजनिक भईरहेका छन। विषेश गरि साईकल, मोटरसाईल, मोवाईल, पानी तान्ने मोटर सगै घरको झ्याल ढोका फोडेर भित्रकै अन्य सामाग्रीहरु समेत चोरी भईरहेका छन्। लागु औषध सेवन गर्नेहरु पक्राउ परेपनि उनीहरु जिल्ला प्रहरीको थुनुवा कक्षबाटै रिहा हुने गरेका छन्। कारोवारीलाई भने प्रहरीले पक्राउ नै गर्न सकिरहेको छैन्। जसले गर्दा पछिल्लो पटक चोरीका घटनाहरुमा समातिएकाहरु नै लागु औषधमा सजाय काटिसकेकाहरु रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार वस्नेतले बताए।

लागु औषधमा संलग्न भएकाहरुको लागि सुधार केन्द्र भएपनि मेडिकल उपचार नभएका कारण सुेवनकर्ता घट्न नसकेको र उनीहरु लागु औषधको जोहो गर्नका लागि चोरीमा संग्लन हुने गरेका छन्। अर्को तर्फ चोरीमा संग्लनहरुले पनि धेरै कलिला उमेरका युवाहरु भएकाले उनीहरु उमेर नपुगेको भन्दै सहजै उन्मुक्ती पाईरहेका छन्। चोरीका धेरै कारण मध्ये राती १० शहर बजार सुनसान बनाउने प्रहरीको परिपाटी पनि मुख्य हो। १० बजेदेखि नै शहर बजार सुनसान हुन थालेपछि चोरीमा संग्लन गिरोहलाई धनमाल चोर्न झनै सहज भईरहेको छ। 
 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस